विज्ञापन बोर्डको अध्यक्षमा लक्ष्मण हुमागाई नियुक्त « Arthapath.com
१३ जेष्ठ २०८२, मंगलबार

विज्ञापन बोर्डको अध्यक्षमा लक्ष्मण हुमागाई नियुक्त



काठमाडौं । सरकारले विज्ञापन बोर्डको रिक्त अध्यक्ष पदमा लक्ष्मण हुमागाईंलाई नियुक्त गरेको छ ।

मन्त्रिपरिषद्का निर्णयहरू मंगलबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले हुमागाईंलाई सरकारले बोर्डको रिक्त अध्यक्षमा पुनः नियुक्ति गरेको जानकारी दिए ।

यसअघि हुमागाईं आफ्नो चार वर्षे कार्यकाल सकेर बिदा भएका थिए।

यस्तै साे बैठकले जेठ १२ गते गरेकाे सार्वजनिक सेवा प्रसारण नियमावली २०८२ स्वीकृत गर्ने, सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसदसमक्ष पेस गर्न स्वीकृति दिने भएको छ ।

त्यसैगरि मन्त्रीपरिसद्ले नेपालका निजी क्षेत्रलाइ अन्तराष्टिय हवाइ सेवा सञ्चालनका लागि इजाजत प्रदान गर्ने कार्यबिधि २०७५, खारेज गर्ने समेत निर्णय गरेकाे छ।


प्रतिक्रिया दिनुहोस्