बुधबार प्रतिताेला १६०० रूपैयाँले घट्याे सुनकाे मूल्य « Arthapath.com
१५ जेष्ठ २०८२, बिहीबार

बुधबार प्रतिताेला १६०० रूपैयाँले घट्याे सुनकाे मूल्य



काठमाडौं । बुधबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा १६०० रूपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ३०० रूपैयाँ निर्धारण भएको छ । आइतबार छापावाल सुन प्रतितोला १ लाख ९० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य भने तोलामा १० रूपैयाँले बढेको छ । मंगलबार प्रतिताेला १ हजार ९ सय ९५ रूपैयाँमा कारोबार भएको चाँदी आज ताेलाकाे २ हजार ५ रूपैयाँ निर्धारण भएको छ ।


प्रतिक्रिया दिनुहोस्