नेप्से २७ सय बिन्दु नजिक, कारोबार रकम ८ अर्ब माथि

काठमाडाैं । बुधबार नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक दाेहाेराे अंकले बढेकाे छ । आज सेयर बजार मापक नेप्से परिसूचक १७.४४ अंकले बढेर २६ सय ९३ दशमलव ०६ बिन्दुमा पुगेको हाे ।
यस्तै आज नेप्से परिसूचकसँगै काराेबार रकम पनि बढेकाे छ । यसदिन ३२३ कम्पनीकाे २ कराेड ७ लाख ५९ हजार ५४७ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ५८ कराेड ६० लाख ४ हजार रूपैयाँकाे काराेबार भएकाे छ ।
हिजाे ३१८ कम्पनीको १ करोड ४२ लाख ९९ हजार ३९४ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ५२ करोड ८७ लाख ३९ हजार रुपैयाँको कारोबार भएको थियाे ।
आज फाइनान्स, जिवन बीमा, माइक्राेफाइनान्स, निर्जिवन बीमा र अन्य समुहका सूचक घटेका छन् भने अरू सबै उपसमुह बढेका छन् । यसदिन बैंकिङ समुह र विकास बैंक समुह क्रमशः १.७५ र १.२७ प्रतिशतले बढेका छन् ।