आज सर्वाधिक कारोबार हुने शीर्ष १० कम्पनी « Arthapath.com
१६ जेष्ठ २०८२, शुक्रबार

आज सर्वाधिक कारोबार हुने शीर्ष १० कम्पनी



काठमाडाैं । बुधबार दोहोरो अंकले बढेको सेयर बजारमा साढे ८ अर्ब रूपैयाँ भन्दा बढीको कारोबार भएको छ । आज ङादी ग्रुप पावर १ अर्ब ५ करोड ७३ लाख रुपैयाँ बराबरको शेयर कारोबार गर्दै सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीको सूचीमा पहिलो स्थान छ ।

दोस्रो स्थानमा रहेको राधी विद्युत कम्पनीको कारोबार ६० करोड ८ लाख रुपैयाँको कारोबार गरेको छ भने तेस्रोमा युनिभर्सल पावर कम्पनी ५१ करोड ६ लाख रुपैयाँ कारोबार गरेको छ।

यसैगरी, बुटवल पावर कम्पनीले ३५ करोड ६ लाख रुपैयाँ बराबरको कारोबार गरेको छ भने बैंकिङ क्षेत्रतर्फ कुमारी बैंकले २१ करोड ६० लाख रुपैयाँको कारोबार गरेको छ ।

त्यसपछि क्रमशः सानिमा माई हाइड्रोपावरले १८ करोड ८९ लाख, सोल्टी होटलले १८ करोड ११ लाख, ग्लोबल आइएमई बैंकले १८ करोड ७ लाख, एसियन लाइफ इन्स्योरेन्सले १६ करोड ६७ लाख र अरुण काबेली पावर १५ करोड ४२ लाख रुपैयाँको कारोबार गरेको छ ।


प्रतिक्रिया दिनुहोस्