भाेलि सार्वजनिक बिदामा पनि एनएमबी बैंकका यी १० शाखा खुला रहने « Arthapath.com
१५ जेष्ठ २०८२, बिहीबार

भाेलि सार्वजनिक बिदामा पनि एनएमबी बैंकका यी १० शाखा खुला रहने



काठमाडाैं । भोलि (बिहिबार) गणतन्त्र दिवसका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । सार्वजनिक बिदाको दिनमा पनि एनएमबी बैंकले आफ्ना ग्राहकहरूलाई विभिन्न प्रदेशका शाखा कार्यालयबाट बैंकिङ सेपा प्रदान गर्ने भएको छ।

सार्वजनिक बिदामा ग्राहकहरूको सुविधालाई ध्यानमा राख्दै अत्यावश्यक सेवा प्रदान गर्न शाखा कार्यालयहरू सञ्चालन गरिने बैंकले जनाएको हो।

बैंकको कोशी प्रदेशको इटहरी शाखा, मधेश प्रदेशको बर्दिबास शाखा, बागमती प्रदेशको गोलमाडी शाखा, गण्डकी प्रदेशको चाउथे शाखा, लुम्बिनी प्रदेशको नेपालगञ्ज शाखा र सुदूरपश्चिम प्रदेशको लम्की शाखा बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म सञ्चालन हुने भएका छन् ।

यसका साथै होलिडे काउन्टर भएका शाखाहरू विराटनगर, काठमाडौंको कान्तिपथ, बुटवलको ट्राफिक चोक र कञ्चनपुरको महेन्द्रनगर कार्यालय समेत सञ्चालन हुने बैंकले जनाएको छ ।

यी कार्यालयहरुबाट आईपीएस, क्लियरिङ र आरटीजीएस लगायतका सेवाहरू समेत उपलब्ध गराइने बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्