पूर्वसांसद आलमलाई बम विस्फोट र हत्या आरोपबाट सफाइ

काठमाडौं । कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलम बम विस्फोट र हत्या आरोपबाट सफाइ भएका छन् ।
उच्च अदालत वीरगञ्जले जिल्ला अदालत रौतहटको जन्मकैद फैसला उल्टाउँदै उनलाई दोषमुक्त ठहर गरेको हो । अब अदालतको फैसलाले आलम निर्दोष प्रमाणित भएका छन् ।
२०६४ चैत २७ गते संविधान सभाको निर्वाचन अघिल्लो राति रौतहटको राजपुरमा इँटाभट्टामा जिउँदै जलाएर हत्या गरिएको आरोपमा आलममाथि मुद्दा लागेको थियो । १२ वर्षपछि २०७६ असोज १९ मा उनी पक्राउ परेका थिए ।