सप्तकोशी डेभलपमेन्ट बैंकका स्वतन्त्र सञ्चालक आर्चायको राजीनामा स्वीकृत, नयाँ सञ्चालकमा लिम्बु नियुक्त « Arthapath.com
१६ जेष्ठ २०८२, शुक्रबार

सप्तकोशी डेभलपमेन्ट बैंकका स्वतन्त्र सञ्चालक आर्चायको राजीनामा स्वीकृत, नयाँ सञ्चालकमा लिम्बु नियुक्त



सप्तकोशी डेभलपमेन्ट बैंकका स्वतन्त्र सञ्चालक मनोज कुमार आर्चायकाे राजीनामा स्वीकृत भएकाे छ । गत मंगलबार बसेकाे बैंक सञ्चाल समितिकाे बैठकले स्वतन्त्र सञ्चालक आर्चायले व्यक्तिगत कारण देखाई दिएको राजीनामा स्वीकृत गरेको हाे ।

आर्चायले आफ्नो कार्यकालमा बैंकको प्रशासनिक एवं नीति निर्माण पक्षमा योगदान पुर्‍याउँदै आएका थिए।

उक्त रिक्त पदमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार टेकु नन्द ईवा (लिम्बु)लाई स्वतन्त्र सञ्चालकको रूपमा नियुक्त गरिएको छ। बैंकले ईवाको अनुभव र दक्षताबाट बैंकको संचालनमा सकारात्मक योगदान पुग्ने विश्वास लिएको जनाएको छ।

बैंकले समावेशी, उत्तरदायी र प्रभावकारी बैंकिङ प्रणाली निर्माण गर्न नयाँ सञ्चालकको साथमा अघि बढ्ने प्रतिवद्धता जनाएको छ।


प्रतिक्रिया दिनुहोस्