आज अपराह्न प्रस्तुत हुने बजेट अनुमोदन गर्न मन्त्रिपरिषद्को बैठक बस्दै « Arthapath.com
१६ जेष्ठ २०८२, शुक्रबार

आज अपराह्न प्रस्तुत हुने बजेट अनुमोदन गर्न मन्त्रिपरिषद्को बैठक बस्दै



काठमाडौं । संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा आज अपराह्न ३ बजे प्रस्तुत हुने बजेट अनुमोदन गर्न मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ।

आज अपराह्न आर्थिक वर्ष २०८२/०८३ को राजस्व तथा व्ययको अनुमान (बजेट) प्रस्तुत हुन लाग्दा मन्त्रिपरिषद्को बैठक बस्ने भएको हो।

मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आजै अपराह्न बस्नेछ। बैठकमा बजेट सम्बन्धी अनुमोदन प्रक्रिया अघि बढाइनेछ।

यसै दिन अपराह्न राष्ट्रिय योजना आयोगको बैठक पनि बस्ने भएको छ। उक्त बैठक आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा हुनेछ।

बजेट प्रस्तुतिका लागि संघीय संसदको संयुक्त बैठक अपराह्न ३ः०० बजे बोलाइएको छ। बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्