बिहिबार तोलामा १५०० रूपैयाँले घट्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ? « Arthapath.com
१६ जेष्ठ २०८२, शुक्रबार

बिहिबार तोलामा १५०० रूपैयाँले घट्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?



काठमाडौं । बिहिबार नेपाली बजारमा सुनको मूल्य उच्च दरले घटेको छ । आज सुनको मूल्य तोलामा १५०० रूपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८७ हजार ८०० रूपैयाँ कायम भएको छ । बुधबार छापावाल सुन प्रतितोला १ लाख ८९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ। बुधबार प्रतितोला १ हजार ९ सय ९५ रूपैयाँमा कारोबार भएको चाँदी आज पनि सोहि मूल्यमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्