नेपालगञ्जबाट दिल्ली र हरिद्वारसम्म ‘बससेवा’मार्फत अनलाइन टिकटिङ सुरु « Arthapath.com
१६ जेष्ठ २०८२, शुक्रबार

नेपालगञ्जबाट दिल्ली र हरिद्वारसम्म ‘बससेवा’मार्फत अनलाइन टिकटिङ सुरु



काठमाडाैं । भारतका प्रमुख धार्मिक तथा व्यापारिक केन्द्रहरू दिल्ली र हरिद्वारसम्म बसमा यात्रा गर्न चाहने यात्रुका लागि अब अनलाइनमार्फतै टिकट काट्ने सुविधा सुरु गरिएको छ।

भेरी यातायात प्रालिले सञ्चालनमा ल्याएको लक्जरी बस सेवा ‘बससेवा’को पहलमा नेपालगञ्जबाट यी गन्तव्यहरूका लागि अनलाइन टिकट उपलब्ध गराइएको छ।

‘बससेवा’ले पहिले देखिनै पूर्वदेखि पश्चिमसम्म काठमाडौँ लगायतका मुख्य गन्तव्यहरूमा अनलाइन टिकटिङ सेवा दिँदै आएको छ। यात्रुको सुविधालाई ध्यानमा राख्दै कम्पनीले अब भारतसम्म पनि यो सेवा विस्तार गरेको हो।

यात्रुहरूले मोबाइल एप ‘बससेवा’मा लगइन गरी गन्तव्य, यात्रा मिति र समय चयन गरेर भेरी यातायातको बसको सिट सजिलै बुक गर्न सक्छन्। वैकल्पिक रूपमा, कुनै पनि ब्राउजरबाट (bussewa.com) मा गएर पनि टिकट काट्न सकिन्छ।

बसको सिटहरूको विवरणमा निलो रङ भएका सिटहरू खाली रहेको संकेत गर्छन्। आफूलाई उपयुक्त सिट छानेर अनलाइन भुक्तानी गरेपछि टिकट बुक हुन्छ।

बुकिङ सम्पन्न भएपछि यात्रुलाई एसएमएसमार्फत टिकट बुकिङको पुष्टिकरण प्राप्त हुन्छ। त्यो एसएमएस वा टिकटको डिजिटलरप्रिन्टेड प्रतिलिपि देखाएर बसमा यात्रा गर्न सकिन्छ।


प्रतिक्रिया दिनुहोस्