नेपालको विद्युत् उत्पादन क्षमता ३ हजार ६०२ मेगावाट, ९९ प्रतिशत जनसंख्यामा पहुँच

काठमाडौं । नेपालको कुल विद्युत् उत्पादन क्षमता ३ हजार ६०२ मेगावाट पुगेको छ ।
आर्थिक वर्ष २०८१–८२ का लागि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संसदमा पेस गरेको आर्थिक सर्वेक्षणले यस्तो देखाएको हो ।
सर्वेक्षणअनुसार वैकल्पिक ऊर्जासहित विद्युत् पहुँच ९९ प्रतिशत जनसंख्यामा पुगेको छ । चालु आर्थिक वर्षको फागुनसम्म भारततर्फ १ हजार ७७५ गिगावाट विद्युत् निर्यात गरिएको छ भने ९२९ गिगावाट आयात गरिएको छ।