यी हुन् आगामी बजेटका उदेश्य र प्राथमिकता « Arthapath.com
१७ जेष्ठ २०८२, शनिबार

यी हुन् आगामी बजेटका उदेश्य र प्राथमिकता



काठमाडाैं । अर्थमन्त्री विष्णु प्रसाद पाैडेलले आगामी आर्थिक वर्ष २०८२८३ को बजेटका उदेश्य र प्राथमिकता सार्वजनिक गरेका छन् ।

उच्च दिगो एम फराकिलो आर्थिक वृद्धि हाँसिल गरी गरीवी निवारण गर्ने, उद्यमशिलता विकास र सार्वजनिक तथा नीजि लगानी विस्तार गरी रोजगारी सिर्जना गर्ने, आधुनिक प्रविधिको प्रयोग बढाउँदै आर्थिक क्षमता वृद्धि गर्ने, सामाजिक संरक्षण एवं विकासका माध्यमबाट सामाजिक न्याय कायम गर्ने र गुणस्तरीय सार्वजनिक सेवा र सुशासन प्रवर्द्धन गर्ने आगामी बजेटका मुख्य उदेश्य रहेका छन् ।

यस्तै उद्यमशीलता, रोजगारी, उत्पादन र उत्पादकत्व अभिवृद्धि, प्रतिफलयुक्त गुणस्तरीय भौतिक पूर्वाधारमा लगानी विस्तार, सामाजिक क्षेत्रमा गुणात्मक सुधार, सन्तुलित विकास र सामाजिक सुरक्षको सुविश्चितता र नागरिकमैत्री सेवा, भ्रस्टाचार नियन्त्रण र प्रशासकिय सुधार गर्ने प्रथमिकताहरू आगामी बजेटमा समावेश छन् ।


प्रतिक्रिया दिनुहोस्