डिजिटल पूर्वाधार निमार्ण र इकोसिस्टम विकास गर्न ७४ करोड विनियोजन

काठमाडाैं । सरकारले डिजिटल पूर्वाधार निमार्ण र इकोसिस्टम विकास गर्न रू ७४ करोड विनियोजन गरेकाे छ ।
बिहीबार आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन् ।
यस्तै अर्थमन्त्री पाैडेलले सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा विकशीत नविनतम प्रविधिहरुको खोज अनुसन्धान विकास र नवप्रवर्तनलाई जोड दिइने बताए ।
‘डिजिटल नेपाल फ्रेमवर्कको दोस्रो संस्करण तर्जुमा गरी डिजिटल साक्षरताका विशेष कार्यक्रम सञ्चालन गरिनेछ’, उनले भने ।
यस्तै सार्वजनिक सूचनामा नागरिकको सहज पहुँच कायम गरीने बताए
नागरिकको वयक्तिक स्वतन्त्रता र गोपनियताको हकको रक्षा गरी प्रेस स्वतन्त्रताको प्रवर्द्धन गर्ने र पारदर्शिता र जवाफदेहिता अभिवृद्धि गरीने उनले बताए।