स्वास्थ्य मन्त्रालयका लागि ९५ अर्ब ८१ करोड रुपैयाँ विनियोजन

काठमाडौं । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि ९५ अर्ब ८१ करोड रुपैयाँ विनियोजन गरेको छ ।
बिहीबार आगामी आर्थिक वर्ष २०८२–८३ को बजेट भाषण गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन् ।