अन्तरराष्ट्रिय स्तरको रंगशाला निर्माण गरिने, टीयू क्रिकेट रंगशाला स्तरोन्नतीका लागि ४० करोड

काठमाडौं । सरकारले टीयू क्रिकेट रंगशाला स्तरोन्नतीका लागि ४० करोड रुपैयाँ विनियोजन गरेको छ ।
बिहीबार आगामी आर्थिक वर्ष २०८२–८३ को बजेट भाषण गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन् । यस्तै, अन्तरराष्ट्रिय स्तरको रंगशाला निर्माण गरिने अर्थमन्त्री पौडेलले बताए । यता, झापाको दमकमा अन्तराष्ट्रिय रंगशाला बनाइने जानकारी दिए ।