राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्न करिब २ अर्ब विनियोजन

सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम सञ्चालनका लागि रु १ अर्ब ९९ करोड विनियोजन गरेको छ।
आगामी बजेट पस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बेरोजगारी समस्या दिगोरूपमा समाधान गर्न श्रम बजारको मागअनुरूप युवा जनशक्तिको सीप र दक्षता विकास गरिने बताए ।
‘रोजगारीको खोजीमा रहेका सीपयुक्त व्यक्तिको विवरण अद्यावधिक गरी श्रम बजारमा जोड्न रोजगार पोर्टल सञ्चालन गरिनेछ। निजी क्षेत्रका छाता संगठनहरूसँगको सहकार्यमा सबै प्रदेशमा रोजगारमेला सञ्चालन गरिनेछ’ उनले भने ।