कुन मन्त्रालयमा कति बजेट पर्‍यो ? « Arthapath.com
१६ जेष्ठ २०८२, शुक्रबार

कुन मन्त्रालयमा कति बजेट पर्‍यो ?



काठमाडाैं । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बिहीबार संसद्मा १९ खर्ब ६४ अर्ब ३१ करोडको बजेट प्रस्तुत गरेका छन् ।

जसमा सबैभन्दा बढी बजेट सबैभन्दा धेरै बजेट गृह मन्त्रालयका लागि विनियाेजनगरिएकाे छ । गृहमन्त्रालयका लागि ११ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँकाे बजेट विनियोजन भएको छ ।

यस्तै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि रु २ खर्ब ११ अर्ब १७ करोडकाे बजेट विनियोजन गरिएको छ भने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई रु ९५ अर्ब ८१ करोड विनियोजन गरिएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि रु १ खर्ब ५२ अर्ब र शहरी विकास मन्त्रालयका लागि रु १ खर्ब १८ अर्ब ३४ करोड विनियोजन गरिएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले रु ८६ अर्ब १ करोड प्राप्त गरेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि रु ५७ अर्ब ४८ करोड, वन तथा वातावरण मन्त्रालयका लागि रु १८ अर्ब ६१ करोड, र खानेपानी मन्त्रालयका लागि रु ३३ अर्ब ८९ करोड विनियोजन गरिएको छ।

त्यस्तै, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले रु १० अर्ब १४ करोड, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले रु १३ अर्ब २८ करोड, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले रु ७ अर्ब ७२ करोड, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले रु ७ अर्ब ४९ करोड, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रु ४ अर्ब २८ करोड र युवा तथा खेलकुद मन्त्रालयले रु ६ अर्ब ८ करोड बजेट पाएका छन्।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका लागि रु २ अर्ब ८ करोड विनियोजन गरिएको छ। समग्रमा, सरकारले सामाजिक विकास र पूर्वाधार निर्माणमा सन्तुलित बजेट विनियोजन गर्दै दीर्घकालीन विकासलाई प्राथमिकता दिएको देखिन्छ।


प्रतिक्रिया दिनुहोस्