शुक्रबार छापवाल सुन तोलामा ७०० रूपैयाँले बढ्यो

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य सामान्य दरले बढेको छ । आज सुनको मूल्य तोलामा ७०० रूपैयाँले बढेको हो ।
नेपाल सुनचादी व्यवसायी महासंघका अनुसार आज छापवाल सुनको मूल्य प्रतितोला १ लाख ८८ हजार ५०० रूपैयाँ कायम भएको छ l बिहिबार छापवाल सुन प्रतितोला १ लाख ८७ हजार ८०० रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य १५ रूपैयाले घटेको छ । बिहिबार १ हजार ९ सय ९५ रूपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ९ सय ८० रूपैयामा कारोबार भइरहेको छ ।