नेपाल बैंकका कर्मचारी र ग्राहकलाई नागरिक शिक्षण अस्पतालमा बिल रकम १२ प्रतिशतसम्म छुट « Arthapath.com
१७ जेष्ठ २०८२, शनिबार

नेपाल बैंकका कर्मचारी र ग्राहकलाई नागरिक शिक्षण अस्पतालमा बिल रकम १२ प्रतिशतसम्म छुट



काठमाडौं । नेपाल बैंकका कर्मचारी र ग्राहकलाई नागरिक सामुदायिक शिक्षण अस्पताल र एचएएमएस अस्पतालको उपचार सेवामा लाग्ने शुल्कहरूमा बिल रकमको ५ प्रतिशत देखि १२ प्रतिशतसम्म छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

जेठ १४ गते नेपालको पहिलो बैंक नेपाल बैंकमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकलाई एचएएमएस अस्पतालद्वारा सञ्चालित भक्तपुरको गठ्ठाघर स्थित नागरिक सामुदायिक शिक्षण अस्पतालमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौता बमोजिम नेपाल बैंकमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकलाई नागरिक सामुदायिक शिक्षण अस्पताल र एचएएमएस अस्पतालको विविध सेवाहरूमा लाग्ने शुल्कहरूमा बिल रकमको ५ प्रतिशत देखि १२ प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको छ ।

सम्झौता पत्रमा बैकको तर्फबाट प्रमुख वित्त अधिकृत प्रकाश कुमार अधिकारी र नागरिक सामुदायिक शिक्षण अस्पतालको तर्फबाट कार्यकारी निर्देशक भुवन जोशीले हस्ताक्षर गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस्