कर्मचारीको महँगी भत्तामा सरकारले छुट्यायो १७ अर्ब १ करोड १५ लाख

काठमाडौं । सरकारले बजेट मार्फत सबै कर्मचारीको तलब बढाउने निर्णय गरे पनि श्रोतको चाप अनुसार तलब बढाउँन नसकेको अर्थमन्त्री विष्णुप्रसाद पौडेलको भनाइ छ ।
बिहिबार गरेको बजेट बिनीयोजन अनुसार कर्मचारीको तलबको सट्टा भत्तामा थप ३००० गरि ५००० बनाइएको छ । कर्मचारीको तलब बढाउदा ग्रेडमा भार देखि कर्मचारीको संचय कोषमा जम्मा गर्ने रकम र पेन्सनमा भार पर्ने देखिदा अर्थमन्त्रीले चलाखी गरि भत्ता बढाएको देखिन्छ ।
सो कर्मचारीको भत्ता बढाउदा सरकारलाई १० अर्ब रुपैयाँको भार थपिएको छ । चालु आर्थिक बर्ष महँगी भत्तामा ७ अर्ब १ करोड ५७ लाख रुपैयाँ छुट्याइएको थियो तर आगामी बर्षको लागि भने १७ अर्ब १ करोड १५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।