बजेट कार्यान्वयन आजै बाट सुरु हुन्छ : अर्थमन्त्री पौडेल « Arthapath.com
१७ जेष्ठ २०८२, शनिबार

बजेट कार्यान्वयन आजै बाट सुरु हुन्छ : अर्थमन्त्री पौडेल



काठमाडौं । अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले बिहिबार प्रस्तुत गरेको बजेट बिनियोजनमा आगामी आर्थिक बर्षको बजेट कार्यन्वयनमा आफुले नै प्राथमकिता राखेर काम गर्ने बताएका छन् ।

शुक्रबार आयोजति आर्थिक बर्ष २०८२ /०८३ को बजेट सम्बन्ध बारेमा पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलले बजेट कार्यन्वयनका लागी साउन महिना नकुरी आजै बाट बजेट प्रकृयाको थालनी गर्ने बताएका छन् ।

पौडेलले यो पटक बजेटको आकार धेरै महत्वकांक्षी नरहेको, आम्दानी र खर्चका हिसाबले बस्तुनष्ठि ढंगले आएको दाबी गरेका छन् । उनले बजेटमा पुँजीगत खर्च बढाउने, चालु खर्चलाई निश्चित सीमा भित्र राखिएको र प्रदेश तथा स्थानीय तहमा जाने वित्तीय हस्तान्तरणको रकम बढाउने नीती समेत बनाइएको बताएका छन् ।

पौडेलले बजेटमार्फत राखिएको राजस्वको लक्ष्य आगामी आर्थिक बर्षको अन्त्यसम्म पुरा हुनेमा आशाबादी रहेको समेत बताएका छन् । बजेटमार्फत केही नीतीगत सुधारका बिषयहरु अगाडी सारिएको र आर्थिक बिकास र समृद्धिका लागि बैकल्पिक बित्तमार्फत श्रोत परिचालन गर्ने नीती लिइएको बताएका छन् ।

यस्तै राष्ट्रिय परिचयपत्रलाई सामाजिक सुरक्षा र अन्य सुविधासंग जोड्न खोजिएको, डिजिटल भुक्तानीा लाग्ने मूल्य अभिवृद्धि कर र भन्सार बिन्दुमा अग्रीम आयकर लगाउने गरेकोमा त्यसलाई हटाइएको अर्थमन्त्री पौडेलले बताएका छन् ।

यसैगरी नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले मौद्रिक नीती व्यवस्थापनसंग सम्बन्धित बिभिन्न कानुन बनाउने र बैंक तथा तित्तीय संस्थाको सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने व्यवस्था ल्याइनु सकारात्मक रहेको बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्