आइतबार सुनचाँदीको मूल्य सामान्य दरले बढ्यो, कतिमा हुदैछ कारोबार ?

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य दरले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापवाल सुन प्रतितोला ३ सयले बढेको हो ।
शुक्रबार १ लाख ८८ हजार ५०० रुपैयाँमा कारोबार भएको छापवाल सुन आइतबार प्रतितोला १ लाख ८८ हजार ८०० मा कारोबार भइरहेको छ ।
यस्तै आज चाँदी तोलामा ५ रुपैयाँले बढेको छ । शुक्रबार १ हजार ९ सय ८० रुपैयाँमा कारोबार भैरहेको चाँदी आज १ हजार ९ सय ८५ रुपैयाँ कायम भएको छ ।