बचतकर्ताको २ अर्ब ५० करोड रकम हिनामिना : कर्णाली डेभलपमेन्ट बैंकका पूर्व सीइओ पक्राउ « Arthapath.com
१९ जेष्ठ २०८२, सोमबार

बचतकर्ताको २ अर्ब ५० करोड रकम हिनामिना : कर्णाली डेभलपमेन्ट बैंकका पूर्व सीइओ पक्राउ



काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत (सिईओ) राजेन्द्रवीर राय पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ६५ वर्षीय रायलाई शनिबार रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१, बेलहियाबाट पक्राउ गरेको हो । सिआइबी टोलीद्वारा पक्राउ परेका रायबारे ब्युरोका एसपी युवराज खड्काले पुष्टि गरेका छन् ।

रायमाथि बैंक सञ्चालक समिति अध्यक्षका हैसियतले पटकपटक बैंकमा संकलन भएको बचतकर्ताहरूको २ अर्ब ५० करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको गम्भीर आरोप छ ।

उनी लामो समयदेखि फरार रहेका थिए । प्रहरीले उनलाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६५ अन्तर्गत कारबाही प्रक्रिया अघि बढाएको छ । अनुसन्धान कार्य नेपाल राष्ट्र बैंकको समन्वयमा जारी रहेको छ ।


प्रतिक्रिया दिनुहोस्