स्वास्थ्य बीमा बोर्डले माग गर्यो मेडिकल अधिकृतमा १८० जना कर्मचारी « Arthapath.com
१९ जेष्ठ २०८२, सोमबार

स्वास्थ्य बीमा बोर्डले माग गर्यो मेडिकल अधिकृतमा १८० जना कर्मचारी



काठमाडौं । स्वास्थ्य बीमा बोर्डले मेडिकल काठमाडौँमा अधिकृतमा १८० जना कर्मचारीको आवश्यकता परेकाले कार्य अवधि ९० दिनका भएकाले ७ दिन भित्र रितपुर्वक दरखास्त दिन आव्हान गरेको छ ।

यस बोर्डले जनशक्ति बीमा दाबी भुक्तानीको रुजु र सिफारिस गर्न कर्मचारी नहुदा कामहरु ठप्प भएकोले बोर्डले कर्मचारी माग गरेको हो ।

उक्त पदमा काम गर्ने इच्छुक मेडिकल अधिकृत मान्यता प्राप्त विश्वबिद्यालयबाट विविएस उर्तिन गरी मेडिकल काउन्सिलको प्रमाणपत्र भएको र उमेर हदमा २१ पुरा भई ४५ ननाघेको हुनु पर्ने बोर्डको सुचनामा उल्लेख गरिएको छ ।

बोर्डको सुचना अनुरुप अधिकृतले नेपाल सरकरले तोकेको ८औँ तहको सुविधा पाउने छन् । इच्छुक व्यक्तिले १ हप्ता भित्रै आवेदन दिन सकिने छ ।


प्रतिक्रिया दिनुहोस्