सरकारद्धारा प्रस्तुत भएको बजेट तथा नीतिप्रति समाजवादी पार्टी असन्तुष्टि

काठमाडौं । नेपाल संघीय समाजवादी पार्टी नेपालले बिहिबार जेठ १५ गते सरकारद्धारा प्रस्तुत भएको बजेट तथा नीतिप्रति असन्तुष्टि जनाएको छ ।
अध्यक्ष रिजवान अन्सारीको नेतृत्वमा शनिबार बसेको बैठकमा उत्पीडित समुदायहरुको हित सुनिश्चित हुनेगरी तत्काल नीति तथा बजेटलाई संसोधन गर्न माग गरेको छ ।
सामाजिक तथा आर्थिक रुपमा पछाडि परेका दलित, जनजाति, मधेसी मुस्लिम वर्गलाई समस्याबाट उकास्ने नीति ल्याउन माग गरेको अध्यक्ष रिजवानले बताएका छन् ।
सो बैठकमा रिजवानले पछिल्लो समयमा धर्मनिरपेक्षता, समानता, सामाजिक न्यायप्रति आक्रमण भएको निष्कर्ष लाई प्रतिकार गर्न सुद्धिढीकरण अभियान सञ्चालन गर्ने निर्णय गरेको बताएका छन् ।