मन्त्रालयले गर्यो चार जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित ६ जना सहसचिवको सरुवा « Arthapath.com
२० जेष्ठ २०८२, मंगलबार

मन्त्रालयले गर्यो चार जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित ६ जना सहसचिवको सरुवा



काठमाडौं । गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित ६ जना सहसचिवको सरुवा गरेको छ । मन्त्रालयमा रहेका सहसचिव सुरेन्द्र पौडेल लगायत अन्य अधिकारीलाई बिभिन्न ठाउँमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।

शुक्रबार गृहमन्त्री रमेश लेखकको निर्णय अनुसार बर्दिया, पाचँथर, कास्की र धनुसाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरिएको गृह मन्त्रालयका सहसचिव छबि रिजालले बताएका छन् ।

रिजालका अनुसार बर्दियाकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई कास्कीमा, कास्कीका प्रमुख अधिकारी भरतमणि पाण्डेलाई मन्त्रालयमा ल्याई जगेडामा राखिएको छ भने मन्त्रालयमा रहेका सुरेन्द्र पौडेललाई बर्दिया पठाईएको छ ।

यसैगरी मन्त्रालयकै जगेडामा रहेका शंकहरि शर्मालाई धनुषा पठाईएको छ र धनुषमा रहेका अधिकारीलाई मन्त्रालयमा ल्याईएको छ । मन्त्रालयकै सहसचिव अरुण पोखरेललाई पाँचथरको प्रमुख जिल्ला अधिकारी बनाइएको रिजालले जानकारी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्