बिहानैबाट देशभर सार्वजनिक यातायात ठप्प, अलमलमा यात्रु

काठमाडाैं । आज बिहानबाट देशभर सार्वजनिक यातायात सञ्चालन हुन नसक्दा यात्रुहरू मारमा परेका छन् ।
यातायात व्यवसायीहरूकाे हड्तालले सेवा ठप्प हुँदा बिहानै अफिस कर्मचारी, विद्यार्थी, अस्पताल पुग्नुपर्ने बिरामी अलमलमा परेका छन् ।
गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङ नियामवली २०८२ मा मा निजी सवारी साधनलाई भाडामा संचालन गर्ने गरि व्यवस्था गरिएको व्यवस्थाको विरोधमा उनीहरुले आज हड्ताल गरेका हुन्।
प्रदेश सरकार आफ्नो माग नसुनेको भन्दै व्यवसायीहरूले काठमाडौंसहित प्रमुख सहरमा सार्वजनिक यातायात ठप्प बनाएका हुन् ।