यामाहाको एमटी १५ भर्सन २ किन्ने ग्राहकलाई विशेष राइडिङ ज्याकेट अफर

काठमाडाैं । यामाहा नेपालले आफ्नो लोकप्रिय बाइक एमटी-१५ भर्सन २ का पारखीहरूलाई लक्षित गर्दै सीमित अवधिका लागि विशेष अफर सार्वजनिक गरेको छ।
यो बाइक किन्ने प्रत्येक ग्राहकले उपहारस्वरूप एक प्रिमियम राइडिङ ज्याकेट पाउने कम्पनीले जनाएको छ । जेठ १८ गतेदेखि सुरु भएको यो अफर नेपालभरिका सबै अधिकृत यामाहा शोरूमहरूमा उपलब्ध हुनेछ ।
ग्राहकले चाहे नगद तिर्न वा सजिलो किस्ताबन्दी योजनामार्फत बाइक किन्न – दुबै अवस्थामा उपहार पाइने कम्पनीले जनाएको छ।
यो गुणस्तरीय र सुरक्षामूलक ज्याकेट यामाहा र ‘कवच’ ब्रान्डको सहकार्यमा तयार गरिएको हो, जुन फेसन मात्र नभई सुरक्षित राइडिङ अनुभवका लागि समेत उपयोगी छ। यो अफर विशेष रूपमा एमटी(१५ भी २ का निलो र सेतो रंगहरूमा मात्र लागू हुनेछ।
एमएडब्ल्यू राइड्सका कार्यकारी निर्देशक तथा सीईओ दीपक कुमार अग्रवालले भने, ‘एमटी-१५ भर्सन २ स्टाइल, पावर र प्रिसिजन प्रतीक हो जुन गुणहरू नयाँ पुस्ताका नेपाली राइडरहरूसँग मेल खान्छ। यो अभियानमार्फत हामी उनीहरूको राइड अनुभवलाई सुरक्षा र स्टाइलको संयोजनद्वारा अझ माथि लैजान चाहन्छौं। यामाहा एक प्रविधिमैत्री ब्रान्ड हो र एमएडब्ल्यू राइड्स पनि आफ्ना उत्पादन, जनशक्ति र राइडर कम्युनिटीमा लगानी गर्न प्रतिबद्ध छ ।’’
यामाहा नेपाल, एमएडब्ल्यू राइड्स अन्तर्गत सञ्चालनमा रहेको जापानी प्रविधियुक्त मोटरसाइकल ब्रान्ड हो, जसले नेपालमा विश्वासिलो प्रदर्शन र प्रयोगकर्ता-केंद्रित इनोभेसनमार्फत अग्रता कायम राख्दै आएको छ।