बैंकिङ प्रणालीबाट आज फेरि ७० अर्ब तान्दै राष्ट्र बैंक « Arthapath.com
२० जेष्ठ २०८२, मंगलबार

बैंकिङ प्रणालीबाट आज फेरि ७० अर्ब तान्दै राष्ट्र बैंक



काठमाडाैं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रुपैयाँ तान्ने भएकाे छ । बजारमा अत्यधिक तरलता देखिएको भन्दै राष्ट्र बैंकले निरन्तर रुपमा निक्षेप संकलनमार्फत मौद्रिक व्यवस्थापन गरिरहेको छ।

यसअघि पनि राष्ट्र बैंकले एकैदिन ८० अर्ब रुपैयाँसम्म तानेको थियो।

राष्ट्र बैंकले २० दिन अवधिका लागि निक्षेप संकलनको बोलकबोल आह्वान गरेको हो। यसमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरू सहभागी हुन सक्नेछन्। बोलकबोल सोमबार दिउँसो ३ बजे हुनेछ।

संस्थाहरूले बोलकबोलमा न्यूनतम १० करोडदेखि अधिकतम ५ अर्ब रुपैयाँसम्म रकम राख्न सक्नेछन्। मागभन्दा बढी बोल भएमा बाँकी रकम प्रो–राटा (अनुपातिक रूपमा) बाँडफाँड गरिनेछ।

राष्ट्र बैंकका अनुसार, उठाइने निक्षेपको सावाँ तथा ब्याज असार ८ गते भुक्तानी गर्नुपर्नेछ। ब्याजदर भने बोलकबोल प्रक्रियामार्फत निर्धारण हुनेछ, जसमा दशमलव पछिका चार अङ्कसम्मको ब्याजदर उल्लेख गर्न सकिनेछ। साथै, बैंकहरूले एउटै बोलकबोलमा बहु ब्याजदरका साथ धेरै प्रस्ताव पनि दिन सक्नेछन्।


प्रतिक्रिया दिनुहोस्