सार्वजनिक यातायात बन्द हुँदा नेपाल प्रहरीले दियो आफ्नै बसद्धारा यात्रुलाई सेवा

काठमाडौं । सोमबारदेखी सार्वजनिक यातायात सेवा बन्द भएपछि यात्रुहरुलाई सहजिकरणका लागि नेपाल प्रहरीले आफ्नै दुई वटा बस संचालनमा ल्याई सो बसद्धारा यात्रुलाई सेवा दिइएको छ ।
आज सोमबारदेखी पुर्णरुपमा यातायात सेवाहरु बन्द भएपछि यात्रुहरुलाई आवतजावतमा समस्या भएपछी नेपाल प्रहरीले दुई वटा बस सञ्चालनमा ल्याएको हो । उक्त बसमा यात्रुले भाडा तिर्नु नपर्ने बताइएको छ ।
सो बस पहिलो रुटमा नक्साल, बालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भु, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतिघर, पुतलीसडक, जय नेपाल हल हुदै पुन: फेरी नक्सालमै पुग्ने छ ।
त्यस्तै दोस्रो रुटमा नक्सालबाट रातोपुल, चाबहिल, गौशाला, एयरपोर्ट, कोटेश्वर, ठिमी, सल्लाघारी, सुर्यबिनायकबाट फेरी चाबहिल हुदै सुकेधारा, चक्रपथ, टिचिङबाट बालुवाटार हुदै नक्साल पुग्ने नेपाल प्रहरीले बताएको छ ।