काईई मोटर्सको ’ग्रीन व्हिल्स टु मार्बल हिल्स’ कार्यक्रम सम्पन्न, ७० भन्दा बढी रुख रोपियो « Arthapath.com
२० जेष्ठ २०८२, मंगलबार

काईई मोटर्सको ’ग्रीन व्हिल्स टु मार्बल हिल्स’ कार्यक्रम सम्पन्न, ७० भन्दा बढी रुख रोपियो



काठमाडौं । काईई मोटर्स नेपालका अधिकृत वितरक लक्ष्मी ई–मोबिलिटी र जीओ अटोमोबाइल्सले “ग्रीन व्हिल्स टु मार्बल हिल्स“ नामक एक विशेष ग्राहक कार्यक्रम भव्यरूपमा सम्पन्न गरेका छन्।

आइतबार सम्पन्न उक्त कार्यक्रममा ८० भन्दा बढी ग्राहक तथा उनीहरूका परिवार सदस्यहरूको उत्साहजनक सहभागिता रहेको थियो।

दिगो यातायात प्रवद्र्धन गर्नु र वातावरणीय चेतना फैलाउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो । थापाथलीबाट सुरु भएको इलेक्ट्रिक सवारीहरूको ¥याली गोदावरीसम्म पुगेर त्यहाँबाट सहभागीहरू मार्बल हिल्ससम्मको रमणीय पदयात्रामा निस्किएका थिए।

कार्यक्रममा काईईको इलेक्ट्रिक मोडेलहरू काईई एक्स ३ प्रो, ई क्युटो ०२, र ई क्युटो ०४ को प्रदर्शन गरिएको थियो, जसले कम्पनीको हरित यातायातप्रतिको प्रतिवद्धता झल्काउँछ ।

कार्यक्रमको प्रमुख आकर्षणको रूपमा सहभागीहरूले सामूहिक रूपमा ७० भन्दा बढी रुख रोपेका थिए। यस वृक्षरोपण अभियानमार्फत कम्पनीले कार्बन उत्सर्जन घटाउन र स्थानीय जैविक प्रणालीमा योगदान पुर्‍याउन प्रयास गरेको बताइएको छ।
कार्यक्रममा रमाइला खेलकुद, समूह गतिविधि तथा खानपानको व्यवस्था पनि गरिएको थियो, जसले सहभागीहरूबीच आपसी सम्बन्ध सुदृढ गर्न सहयोग पुर्‍यायो।

काईई मोटर्सले यस्ता अभियानमार्फत इलेक्ट्रिक मोबिलिटी र वातावरण संरक्षणलाई एकैसाथ अघि बढाउने प्रयास गरिरहेको छ। यसबाट कम्पनीले “हरियाली भविष्य हाम्रो साथबाट सुरु हुन्छ“ भन्ने सन्देश दिन खोजेको देखिन्छ।


प्रतिक्रिया दिनुहोस्