नेप्सेमा सामान्य वृद्धि, ९ अर्ब माथिकाे काराेबार

काठमाडाैं । साताकाे दाेस्राे काराेबार दिन साेमबार नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सामान्य वृद्धि देखिएकाे छ । आज नेप्से सूचक १.६० अंकले बढेर २६ सय ९५.८४ को विन्दुमा कायम भएको छ।
यस दिन ३१४ कम्पनीको २ करोड २० लाख ३१ हजार ८ सय ६१ कित्ता शेयर खरिद बिक्रि हुँदा ९ अर्ब २२ करोड रुपैयाँको शेयर कारोबार भएको छ।
आज ओम मेगाश्री फर्मास्युटिकल्स र पियोर इनर्जीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी सर्वाधिक ६.४५ प्रतिशतले घटेको छ ।