पूर्व सचिव अर्यालको बजेटमा नजर, निजी क्षेत्रलाई आकर्षित गर्ने विषयहरु के-के हुन् ? « Arthapath.com
२१ जेष्ठ २०८२, बुधबार

पूर्व सचिव अर्यालको बजेटमा नजर, निजी क्षेत्रलाई आकर्षित गर्ने विषयहरु के-के हुन् ?



काठमाडौं । सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८२–८२ को बजेट निजी क्षेत्रका लागि सकारात्मक रहेको पूर्व मुख्य सचिव डा. बैकुन्ड अर्यालले बताए ।

इकोनोमिक्स मिडिया सोसाइटी (इम्सन) ले आयोजना गरेको ‘पोष्ट बजेट डिसकसन’ कार्यक्रममा यस्तो बताएका हुन् ।
बजेटले निजी क्षेत्रलाई आर्थिक वृद्धिको संवाहक मानेको उनको भनाई छ । कानुनी सुधारलाई निरन्तरता दिन खोजिएको निजी क्षेत्रले लामो समयदेखि माग गरिरहेका कानुनहरूमा सुधार गर्न खोजिएको बताए ।

एकल बिन्दु सेवा लगायतका विषय परेको, राजस्व दरमा ठूलो परिवर्तन नभएको केही उद्योगले छुट पाएको अर्यालले बताए ।
यस्तै, बजेटले वैदेशिक लगानी भित्र्याउन सहजीकरणका प्रावधान राखिएको, विदेशमा लगानी गर्ने प्रावधान उल्लेख गरेको बताए ।

अर्को तफै व्यापार सहजीकरणमा जोड दिइएको उनको भनाई छ । भन्सार महसूल बुझाइसकेपछि नेपालभर सामान ओसारपसार र ढुवानी गर्दा प्रदेश वा स्थानीय तहबाट कुनै प्रकारको रकम लिन नपाइने व्यवस्था सकरात्क रहेको बताए ।

बजेट मार्फत निजी क्षेत्रलाई आकर्षिकत खोजिएको उनले बताए । उद्योगहरूमा निर्बाध विद्युत आपूर्ति, आयोजना व्यवस्थापनमा सहजीकरण जस्ता विषयले निजी क्षेत्रलाई आकर्षित गर्न खोजिएको उनको भनाई छ ।

यस्तै, कर्जाको पुनर्तालिकीकरणको सुविधा, सहरी विकास, पूर्वाधार निर्माणमा निजी क्षेत्रको सहभागिता, रासायनिक मल, फोहोर प्रशोधन केन्द्र निर्माण र सञ्चालनमा निजी क्षेत्रको सहभागिता, निजी क्षेत्रमा प्रवाह हुने कर्जा विस्तार गर्ने विषयले थप आकर्षित गराएको उनको भनाई छ ।


प्रतिक्रिया दिनुहोस्