दुई विदेशीसहित तीन निर्माण कम्पनी कालोसूचीमा, २ वर्ष काम गर्न नपाउने « Arthapath.com
२२ जेष्ठ २०८२, बिहीबार

दुई विदेशीसहित तीन निर्माण कम्पनी कालोसूचीमा, २ वर्ष काम गर्न नपाउने



काठमाडौं । तीन निर्माण कम्पनी कालोसूचीमा परेका छन् । सरकारले २ विदेशी र १ नेपाली निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले मंगलबार सूचना जारी गर्दै सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३(१) अनुसार कारबाही गरिएको जनाएको हो ।

तीमध्ये १ कम्पनीलाई २ वर्ष र अर्को १ कम्पनीलाई डेढ वर्ष कालोसूचीमा राखिएको छ ।

कालोसूचीमा परेका कम्पनीहरूले उक्त अवधि भित्र कुनै पनि सार्वजनिक खरिद प्रक्रियामा सहभागी हुन नपाउने जनाइएको छ । कार्यालयका अनुसार मारुसिन शिताका कन्स्ट्रक्सन, पूर्णहिन्द कन्न्स्ट्रक्सन र शंकरमाली निर्माण सेवा कालोसूचीमा परेका हुन् ।


प्रतिक्रिया दिनुहोस्