रास्वपाका सभापति लामिछानेलाई रुपन्देहीबाट सरुवा गरि डिल्लीबजार ल्याईदै « Arthapath.com
२२ जेष्ठ २०८२, बिहीबार

रास्वपाका सभापति लामिछानेलाई रुपन्देहीबाट सरुवा गरि डिल्लीबजार ल्याईदै



काठमाडौं । रास्वपा नेपालका सभापति रवि लामिछाने सहकारी ठगीको आरोपमा रुपन्देही जिल्ला कारागार चलानी भएका उनीलाई काठमाडौं डिल्लीबजार सरुवा गरिने भएको छ ।

लामिछानेले आफैले नै काडठमाडौं डिल्लीबजार आउन चाहेपछि प्रशासनले प्रकृया अगाडी बढाएको छ । रुपन्देही कारागार श्रोतका अनुसार सर्वोच्च अदालतको सुनुवाइ पछि रवीको थुना अवधि थप लम्बिने भएपटि उनी आफैले काठमाडौं सरुवा हुने बताएका हुन् ।

कैदीबन्दीलाई आफूले चाहेको स्थानमा सरुवा गर्ने पाउने उनीहरुको अधिकार भएको प्रशासक अधिकृतले बताएको छ । रविलाई नेताहरु र परिवासंग भेटघाट हुन अफ्ठ्यारो हुने भएपछि उनले कारागार सरुवा गर्ने रास्वपा दलसंग छलफल गरिए पछि उक्त दलले उनलाई काठमाडौंमा सरुवा गर्ने आह्वान गरेका हुन् ।

अहिले उनलाई सरुवाका लागि रुपन्दही जिल्ला अदालतले अनुमति दिइसके संगै कारागार प्रशासन सरुवा हुदा कारागारको आदेश आवश्यक पर्छ, त्यो सबै प्रकृया पुरा गरि उनलाई अहिले कारागार व्यवस्थापन विभागमा पठाइएको छ ।

सो विभागको निर्णय भए लगतै लामिछानेलाई काठमाडौं पठाइने त्यहाँको प्रशासनले जानकारी दिएको छ । पुर्वगृहमन्त्री समेत रहेका रास्वपाका लामिछाने काठमाडौं सरुवा भएर आउने भएपछि डिल्लीबजार कारागारले उनको लागि बस्ने व्यवस्थाको तयारी थालनी गरेको छ ।

लामिछानेलाई डिल्लीबजारको ”ख” ब्लगमा राखिने भएको काठमाडौं कारागार श्रोतले जनाएको छ । सर्वोच्चको आदेश संगै जिल्ला अदालत रुपन्देहीको सुप्रिम सहकारी ठगीको मुद्दा नटुंगिएसम्म उनको बसाई थुनामै लम्बिने भएपछि लामिछानेले सरुवा भएर काठमाडौं जान चाहेको प्रशासनले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्