सेयर बजारमा पहिराे, साढे ६ अर्बमा झर्यो काराेबार

काठमाडाैं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा भारी गिरावट आएको छ । आज सेयर बजार मापक नेप्से परिसूचक ३५. ७३ अंकले बढेर २६५८ दशमलव ९३ को विन्दुमा पुगेको छ ।
यस्तै आज कारोबार रकम पनि घटेको छ । यसदिन ३१५ कम्पनीका ७५ हजार ५०८ पटकको कारोबारमा १ करोड ५५ लाख ३८ हजार ४७४ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ६ अर्ब ६७ करोड ९५ लाख ६१ हजार रुपैयाँ रहेको छ ।
साेमबार २ करोड २० लाख ३१ हजार ८ सय ६१ कित्ता शेयर खरिद बिक्रि हुँदा ९ अर्ब २२ करोड रुपैयाँको शेयर कारोबार भएको थियाे ।
बजार घटेको दनि आज पियोर इनर्जीको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने ओम मेगाश्री फर्मास्युटिकलको सेयर मूल्य ९.९४ प्रतिशतले बढेको छ।