एक कम्पनीको १४.२५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । नेष्डो समृद्धि लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कम्पनीको १४.२५ प्रतिशत बापतको बोनस सेयर मंगलबार नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको ३ लाख ६३ हजार ३७५ कित्ता सेयर सूचीकृत भएको छ ।
अब उक्त बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।