बस नचल्दा आकाशमा भिड, दैनिक साढे १६ हजार यात्रु गर्छन ओहोर दोहोर « Arthapath.com
२२ जेष्ठ २०८२, बिहीबार

बस नचल्दा आकाशमा भिड, दैनिक साढे १६ हजार यात्रु गर्छन ओहोर दोहोर



काठमाडाैं । सार्वजनिक यातायात सेवा ठप्प भएपछि काठमाडाैं बाहिर जाने र उपत्यका भित्रिने यात्रुहरका लागि अहिले हवाई यात्रा एउटा मात्र विकल्प बनेकाे छ ।

दुई दिनयता यातायात सेवा सञ्चालन हुन नसक्दा आन्तरिक उडानमा यात्रुको चाप बढेकाे छ ।

आन्तरिक उडानमा अन्य समयकाे तुलनामा दुई दिनमा मात्र यात्रुको संख्या करिव ४००० ले बढेकाे त्रिभुवन विमानस्थल कार्यालयले जनाएकाे छ ।

यस अवधिमा यात्रुकाे संख्या बढ्दा वायुसेवा प्रदायक कम्पनीहरूले उडानकाे संख्या पनि बढाएका छन् ।

विमानस्थल कार्यालयकाे तथ्यांक अनुसार १७ गते २३३, १८ गते २२७ उडान भएकाेमा १९ गते २८४ उडान गरिएको छ।

दैनिक १३ देखि १४ हजार यात्रु आन्तरिक उडान सेवा प्रयोग गर्दै आएकाेमा याे संख्या एकाएक बढेर १६ हजारभन्दा माथि पुगेको छ। आन्तरिक टर्मिनलमा यात्रुको भीड बढेर सामान बोकेको ठाउँदेखि टिकट काउन्टरसम्म घुइँचो लागेको छ ।

यातायात व्यवसायीहरूले बस सेवा पुनः सुरु नगरेसम्म आन्तरिक उडानमा चाप कायमै रहने देखिन्छ।


प्रतिक्रिया दिनुहोस्