१० लाख रुपैयाँ सस्तियो ‘जिकर एक्स’ को भाउ, २०% डाउन पेमेन्टमै किन्न सकिने, नयाँ मूल्य कति ? « Arthapath.com
२२ जेष्ठ २०८२, बिहीबार

१० लाख रुपैयाँ सस्तियो ‘जिकर एक्स’ को भाउ, २०% डाउन पेमेन्टमै किन्न सकिने, नयाँ मूल्य कति ?



काठमाडौं । इलेक्ट्रिक एसयूभी ‘जिकर एक्स’ को मूल्य कटौती भएको छ ।

नेपालका लागि जिकर गाडीको आधिकारिक वितरक पायोनियर मोटोकर्पले बजारमा उपलब्ध आफ्नो प्रमुख लक्जरी ईभी ‘जिकर एक्स’ को मूल्य घटाएको हो ।

कम्पनीले ग्राहकहरूको माग तथा बजारको प्रतिस्पर्धालाई मध्यनजर गर्दै जिकर एक्सको मूल्य १० लाख रुपैयाँले घटाएको छ । मूल्य घटेसँगै अब यसको भाउ ७४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । यसअघि ‘जिकर एक्स’ सो गाडीको मूल्य ८४ लाख ९९ हजार रुपैयाँ थियो ।

पायोनियर मोटोकर्पले ‘अनचेन्ड ड्युटी, अनबिटेबल प्राइस’ योजना सार्वजनिक गरेको छ । योसँगै ग्राहकहरूले अब मात्र २० प्रतिशत डाउन पेमेन्टमा जिकर एक्स खरिद गर्न सक्ने जनाएको छ ।

यस विशेष योजना अन्तर्गत एक्सचेन्ज बोनस, अटो प्लस बीमा, एक आर्थिक वर्षको सडक कर छुट, निःशुल्क ७ किलोवाट वाल चार्जर लगायतका सुविधाहरू पनि ग्राहकले पाउनेछन् ।

६६ किलोवाटको ब्याट्री र २०० किलोवाटको इलेक्ट्रिक मोटरबाट सञ्चालित ‘जिकर एक्स’ले ४४० किलोमिटरको डब्लुएलटिपी रेन्ज प्रदान गर्छ ।

जिकर एक्समा २०० किलोवाट क्षमताको इलेक्ट्रिक मोटर र ६६ किलोवाटको ब्याट्री जडान गरिएको छ, जसले ४४० किलोमिटरको डब्लुएलटिपी रेन्ज प्रदान गर्छ ।

गाडीको संरचना ७३ प्रतिशत हाई–स्ट्रेन्थ स्टिल प्रयोग गरेर तयार गरिएको छ । यसको निर्माणमा जर्मन इन्जिनियरिङ प्रयोग गरिएको एसइए प्लेटफर्म समावेश गरिएको छ ।

यसले जिकर एक्सलाई सुरक्षित, शक्तिशाली र प्रविधिमैत्री एसयूभी बनाएको कम्पनीको दाबी छ । यो गाडी अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्टता प्रमाणित २०२४ युरो एनक्यापमा दुई विधामा विजेता बन्ने एकमात्र गाडी हो ।

यसले ग्रीन एनक्यापबाट पनि ५ स्टार रेटिङ प्राप्तगरेको छ, जसले गाडीको वातावरणमैत्री प्रवृत्तिको पुष्टि गर्दछ ।


प्रतिक्रिया दिनुहोस्