यातायात व्यवसायीले बुधबारदेखी आन्दोलनलाई सशक्तरुपमा अगाडी बढाउन सरकारलाई चुनौती

काठमाडौं । यातायात व्यवसायीले आन्दोलनलाई निरन्तर रुपमा अघि बढाउदै बुधबारदेखी झनै आक्रोस भई सडकमा उत्रिने सरकारलाई चुनौती दिदै देशैभरका यातायात व्यवसायी, कर्मचारी, मजदुरलाई आहावन गरेको छ ।
सार्ववनिक यातायात बचाउ केन्द्रीय संघर्षले आज एक विज्ञप्ति प्रकाशित गर्दे संघीय सरकार संग भएको सहमतीलाई गण्डकी प्रदेश सरकारले सहमती अनुसार कार्यान्वयन नभए भोली बुधबारदेखी आन्दोलनलाई अझै सशक्तरुपमा अगाडी बढाउने चुनौती दिएको छ ।
यस्तै सोमबार भएको संघीय सरकार र आफुहरुको वार्ता नटुंगिएकोले आन्दोलनलाई नरोकिएको भन्दै कुनै कसैको भ्रममा नपर्ने समेत आहावन गरेको छ ।
सार्वजनिक यातायात व्यवसायीले गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङबारे विरोध जनाउदै सोमबारदेखी सम्पुर्ण सवारी साधनहरु ग्यारेजमै थन्काएर आन्दोलनमा उत्रिएका हुन् ।