नेप्सेको ओरालो यात्रा कायमै, कारोबार ५ अर्बमा सीमित

काठमाडाें । साताकाे चाैथाे काराेबार दिन बुधबार पनि सेयर बजारमा दाेहाेराे अंककाे गिरावट आएको छ । बुधबार सेयर बजार मापक नेप्से परिसूचक ११.९७ अंकले घटेर २६ सय ४६ दशमलव ९५ विन्दुमा बन्द भएकाे छ ।
यस्तै आज कारोबार रकम पनि घटेको छ । यसदिन ३१३ कम्पनीकाे १ कारेड ३७ लाख ८२ हजार ४६८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १६ कराेड ३३ लाख ३४ हजार रूपैयाँकाे काराेबार भएकाे छ ।
मंगलबार १ करोड ५५ लाख ३८ हजार ४७४ कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब ६७ करोड ९५ लाख ६१ हजार रुपैयाँकाे काराेबार भएकाे थियाे ।
बजार घटेको दिन आज ओम मेगाश्री फर्मास्युटिकल र पियोर इनर्जीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।