सभामुख देवराज घिमिरेको नेत्तृवमा बसेको प्रतिनिधिसभाको बैठक निष्कर्षविहीन

काठमाडौं । सभामुख देवराज घिमिरेको नेत्तृवमा बुधबार बसेको प्रतिनिधिसभाको बैठक निष्कर्षविहीन भएको छ ।
नयाँ बानेश्वरको संसद भवनमा बसेको सो बैठकमा सत्तापक्ष र विपक्षी दलले आ-आफ्नो अडानबाट पछि नहटेपछि उक्त बैठक निष्कर्ष विहीन भएको सभामुख घिमिरेको सचिवालयले जानकारी दिएको छ ।
प्रतिनिधिसभा बैठक बस्नु अघि सभामुख घिमिरे दलका सचेतकहरुसंग गरेको छलफलमा विपक्षी दलहरुले भिजिट भिजा प्रकरणको छानबिन गर्ने संसदीय वा न्यायिक छानबिन समिति बनाउने अडान गरेका थिए, तर सत्ता पक्षले भने गठनको लागि असहमत जनाएको थियो ।
सत्तापक्ष सहमत नभएकै कारण उक्त बैठक अवरोध भएकै कारण प्रतिनिधिसधाको बैठक निष्कर्ष बिहीन भएको हो ।
भिजिट भिसा प्रकरणमा उच्चस्तरीय न्यायिक समिति वा संसदीय बनाउनुपर्ने विपक्षी दलहरुको माग सम्बोधन गर्ने सत्तापक्षले असहमती जनाए पछि अहिलेसम्म प्रतिनिधिसभामा रहेको अवरोध हट्ने सम्भावना देखिएको छैन् ।
मंगबार प्रतिनिधिसभाको बैठकले दुई पटक सूचना टाँसि बैठकलाई आज दिउसो १ बजे सम्मको लागि स्थगित गरिएको थियो तर, सत्तापक्ष र प्रतिपक्षले आ-आफ्नो अडान नछोडेपछि बैठकमा कुनै सहमति बन्न सकेको छैन् ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आएका विपक्षी दलले उच्चस्तरीय न्यायिक समिति वा संसदीय छानबिन समितिको घोषणा भएपश्चात संसद चल्न दिने बताएका छन् तर सत्तापक्षले भने समिति बनाउन कुनै पनि संकेत देखाएको छैन् ।