प्रोग्रेशिभ फाइनान्स एनपिएस राष्ट्रिय स्विच तथा नेपाल पे कार्डमा आवद्ध

काठमाडौं । प्रोग्रेशिभ फाईनान्स र एनसीएचएलबीच एनपीएस एनसीएस तथा घरेलु कार्ड योजना (नेपाल पे कार्ड) को प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ।
उक्त सम्झौतापत्रमा फाईनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठ तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरे ।
एनसीएचएलले हालै एनपीएस-एनसीएसको पूर्वाधारको तयारी पूरा भएको घोषणा गर्दै बैंक वित्तीय संस्थालाई नेपालको आफ्नै डोमेस्टिक कार्ड स्किम नेपाल पे कार्ड इस्यूइङ्ग र अक्वायरिङ्गका लागि आफ्नो स्विच इन्टिग्रेट गर्न आग्रह गरेसँगै बैंक वित्तीय संस्थाहरु एनपीएस-एनसीएस र नेपाल पे कार्डमा आवद्ध भइरहेका छन्। नेपाल पे पूर्वाधारको कमर्सियल रोल आउटपश्चात रिलायन्स फाइनान्सले ग्राहकका लागि उक्त कार्ड इस्यू तथा अक्वायर गर्न सक्ने छन्।
एनपीएस-एनसीएसलाई विभिन्न कार्ड स्विचहरुबीच अन्तरआवद्धता कायम गर्दै डोमेस्टिक कार्ड कारोबारको राउटिङ्ग र सेटलमेन्टको लागि एक सेन्ट्रल कार्ड स्विचको रुपमा स्थापना गरिँदै छ।
उक्त प्रणालीको पूर्ण कार्यान्वयन पश्चात डोमेस्टिक कार्ड कारोबारहरूको लागत घटाउने, डाटा लोकलाइजेशन सुनिश्चित गर्ने र डिजिटल इकोसिस्टममा नवीनतम उपकरणहरुको विकास तथा प्रवद्र्धन हुने अपेक्षा गरिएको छ।
एनसीएचएलले ५४ भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरू, अधिकांश पीएसओ र पीएसपी र १०० भन्दा बढी गैर-बैंकिङ्ग सदस्यलाई विभिन्न राष्ट्रिय भुक्तानी प्रणालीहरू सञ्चालन गरी सेवा प्रदान गर्दै आएको छ। एनपीएस-एनसीएस र नेपाल पे कार्डको कार्यान्वयनले नेपालको कार्ड इकोसिस्टमलाई थप उचाईमा पुर्याउने अपेक्षा गरिएको छ।
नेपालका अग्रणी फाइनान्सहरु मध्येको प्रोग्रेशिभ फाइनान्सले देश भरी रहेका २३ वटा शाखा तथा ४ विस्तारित काउन्टर मार्फत ग्राहकवर्गहरुलाई अत्याधुनिक बैंकिङ्ग तथा वित्तीय सेवाहरु प्रदान गर्दै आइरहेको छ ।