अनलाइन स्क्यामिङमा लगाइएका तीन नेपालीको म्यानमारबाट उद्धार « Arthapath.com
२३ जेष्ठ २०८२, शुक्रबार

अनलाइन स्क्यामिङमा लगाइएका तीन नेपालीको म्यानमारबाट उद्धार



काठमाडाैं । अनलाइन ठगीको धन्दा (स्क्यामिङ) मा फसाइएका तीन नेपाली नागरिकको म्यानमारबाट उद्धार गरिएको छ। उनीहरूलाई म्यानमारको मेवाडी क्षेत्रबाट उद्धार गरी नेपाल फर्काइएको हो।

बैंककमा रहेको नेपाली राजदूतावासका अनुसार, थाइल्याण्ड सरकारको सहकार्यमा उद्धार सम्पन्न भएको हो। उद्धार गरिएका ती तीन जना नेपाली पुरुषलाई बैंकक हुँदै बुधबार नेपाल ल्याइएको राजदूतावासले जनाएको छ।

राजदूतावासले नेपाली नागरिकहरूलाई विदेशमा रोजगारका लागि जानुअघि श्रम स्वीकृति अनिवार्य रूपमा लिन आग्रह गरेको छ। साथै, चाँडो र धेरै पैसा कमाउने लोभमा परेर कम्बोडिया, लाओस, म्यानमार वा थाइल्याण्डजस्ता देशमा अवैधानिक रूपमा जान नहुने चेतावनी पनि दिएको छ।

राजदूतावासले यस्ता जोखिमयुक्त कार्यमा संलग्न हुन नदिन जनचेतना फैलाउनसमेत सम्बन्धित निकायलाई आग्रह गरेको छ।


प्रतिक्रिया दिनुहोस्