स्वावलम्बन लघुवित्तको वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडाैं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय सिन्धुलीको आयोजनामा कमलामाई स्थित वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ ।
वित्तीय संस्थामा आवद्ध ग्राहक सदस्य तथा अभिभावक र अन्य सरोकारपक्षलाई बचत तथा कर्जा व्यवस्थापन सम्बन्धी जानकारी दिई कर्जाको सदुपयोग र उद्यमशीलताको विकास, स्थानीय श्रोत साधनको प्रयोग गरी आय आर्जन वृद्धि गर्दै न्यून आय भएको वर्गको आर्थिक सामाजिक स्तरमा बृद्धि गर्ने उद्देश्यले कार्यक्रममा आयोजना गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि कमलामाई नपा वडा नं.९ का अध्यक्ष विनोद प्रधानले सदस्यहरुलाई धेरै संस्थामा कारोवार नगरी कर्जाको उचित सदुपयोग गरी समृद्ध तथा उद्यमी बन्न सुझाव दिए ।
विशिष्ठ अतिथि ईलाका प्रहरी कार्यालय भिमानका प्रहरी नायब निरीक्षक दिपक कुमार पोखरेलले सदस्यहरुको केही गुनासो भनाई भएमा सम्बन्धित संस्थामा राखि संस्थाको नियमानुसार र राष्ट्र बैक तथा देशको कान्न बमोजिम सबैलाई उद्यम बनी आयआर्जन वृद्धि गर्न बैंक वित्तीय संस्थाले कर्जा प्रवाह गर्ने भएकोले त्यसको सदुपयोग गर्न सुझाव दिए।
स्वावलम्बनलाई आफ्नो भविष्य देखाउने संस्थाको रुपमा लिएको र अझ बढी सहज रुपमा थप सेवा प्रवाह गरी सहयोग गर्ने अपेक्षा राखेको बताए ।
शाखा प्रबन्धक जानकी कुमारी बानियाँले वित्तीय संस्थाले ग्राहक सदस्यलाई सहज र सरल तरिकाले कर्जा प्रवाह गर्न र उद्यमी बन्न इच्छुक ग्राहकलाई उद्यम गर्न आवश्यक सर सल्लाह समेत दिदै आएको र आगामी दिनमा नविनतम सेवा उपलब्ध गराउन संस्था सदैव तत्पर रहेको बताइन् ।
कार्यक्रममा कर्जा बीमा रकम भुक्तानी तथा एसइइमा उत्कृष्ट स्थान प्राप्त गर्ने सदस्यका छोरा÷छोरी लाई छात्रवृद्धि वापत नगद तथा प्रमाणपत्र वितरण गरिएको थियो ।