प्रभु बैंकका ग्राहकलाई होटल यार्शाका विभिन्न सेवामा छुट « Arthapath.com
२५ जेष्ठ २०८२, आईतबार

प्रभु बैंकका ग्राहकलाई होटल यार्शाका विभिन्न सेवामा छुट



काठमाडाैं । प्रभु बैंक र होटल यार्शाबीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई आकर्षक छुट अफर उपलब्ध गराउने सम्बन्धि सम्झौता गरीएको छ ।

होटल यार्शा शान्त र सुन्दर जिरी नगरमा अवस्थित एक प्रख्यात होटल हो । यो अफर जिरी नगरको पर्यटन प्रवद्र्घन गर्ने उद्येश्यले ल्याइएको हो । जिरीलाई सगरमाथाको प्रवेशद्वार भनेर पनि चिनिन्छ ।

यस सहकार्य अन्तर्गत प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले होटल यार्शामा हाेटल रूमहरूमा १५ प्रतिशत र खाना तथा पेय पदार्थमा ५ प्रतिशत छुट दिने सहमति भएकाे छ ।

यी छुट अफरहरुले ग्राहकहरुलाई गुणस्तरीय सेवा सस्तो मूल्यमा लिन सहगोग गर्नेछ ।

जिरी स्वच्छ हावा, शीतल मौसम र प्राकृतिक सौन्दर्यका लागि प्रसिद्ध छ । यो स्थान पदयात्राका लागि, पारिवारिक घुमघामका लागि र शान्त वातावरण तथा रोमाञ्च खोज्ने जोकोहीका लागि उपयुक्त गन्तव्य हो ।


प्रतिक्रिया दिनुहोस्