बिलिङ ठेक्कामा भ्रष्टाचारः नेपाल टेलिकमकी एमडी संगीता पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा « Arthapath.com
२५ जेष्ठ २०८२, आईतबार

बिलिङ ठेक्कामा भ्रष्टाचारः नेपाल टेलिकमकी एमडी संगीता पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा



काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालसहित १८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले ३३ करोडभन्दा बढी बिगो दाबी गर्दै अर्यालसँगै पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेललगमयत १८ जना प्रतिवादी बनाएर भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

बिलिङ प्रणाली मर्मतसम्भारको ठेक्का प्रक्रियामा ‘आर्थिक चलखेल’ भएको पुष्टि भएपछि उनीहरू विरूद्ध मुद्दा दायर गरिएको हो।

२०७९ पुस २४ गते टेलिकमको सञ्चालक समितिले एसिया इन्फो नामक कम्पनीलाई चार वर्षका लागि बिलिङ प्रणाली मर्मतको ठेक्का दिने निर्णय गरेको थियो।

थप एक वर्षको विकल्प खुला राखेर, पाँच वर्षको लागि झन्डै सवा ३ अर्ब अर्थात् वार्षिक ६५ करोड रुपैयाँको सम्झौता गरिएको थियो । यसैलाई अख्तियारले भ्रष्टाचार भएको निष्कर्स निकाल्दै मुद्दा दायर गरेको हो ।


प्रतिक्रिया दिनुहोस्