सीसी क्यामेरा बन्द गरी डिजेल चोरिमा आयल निगमका कार्यालय प्रमुख सहित ५ जनाविरुद्ध अदालतमा मुद्दा दायर « Arthapath.com
२५ जेष्ठ २०८२, आईतबार

सीसी क्यामेरा बन्द गरी डिजेल चोरिमा आयल निगमका कार्यालय प्रमुख सहित ५ जनाविरुद्ध अदालतमा मुद्दा दायर



काठमाडौं । नेपाल आयल निगम गण्डकी प्रादेशिक कार्यालय पोखरा गगनगौडास्थित डिपोमा पेट्रोल चोरीगरेको आरोपमा कार्यालय प्रमुख सहित ५ जनाविरुद्ध विषेश अदालतमा मुद्दा दायर भएको छ ।

यी ५ जनाले २०८० साउन २५ गते पश्चिमाञ्चल टेडर्स कम्पनीले १२ हजार लिटर डिजेल अर्डर गरी निगमको खातामा भुक्तानी गरेको थियो तर, उनीहरुले त्यहि मौकामा सीसी क्यामेरा बन्द गरी करिब ३ हजार ३८ लिटर बढी डिजेल लोड गरी पठाएको अख्तियारको अनुसन्धानबाट खुलेको हो ।

आईतबार डिजेल चोरी संलग्नमा गण्डकी प्रादेशिक कार्यालय, पोखराका प्रमुख चित्रजंग दास, पश्चिमाञ्चल टे«डर्स तथा कम्पनीका सञ्चालक बाबुराम जम्मकट्टेल, गण्डकी धौलागिरी पेट्रोलियम एसोसियनका तत्कालीन प्रतिनिधि जगन्नाथ ढुंगाना, लक्ष्मण राणाभाट र ट्याङकर चालक निर्मल थापाविरुद्ध आइतबार अदालतमा मुद्दा दायर भएको हो ।

उनीहरु पाँचै जना मिलेर सीसी क्यामरा बन्द गरी डिजेल लोड गरेको अख्तियारको अनुसन्धानबाट पत्ता लागेको हो ।
उक्त डिजेल ग २ ख ८३६ नम्बरको ट्यांकरमा लोड गरी डिपोबाट लिएको पत्ता लागेको छ ।

सो ट्यांकर पोखरा महानगरपालिका २७ मा रोकि चेकजाँचको क्रममा ट्यांकरमा १५ हजार ३८ लिटर डिजेल फेला परेको थियो उनीहरुबिच जनही ४ लाख ५८ हजार रुपैयाँ बिगो माग दाबी गरिएको अख्तियारले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्