चन्द्रागिरी हिल्सकाे व्यापार घट्याे

काठमाडौं । चालु आर्थिक वर्षमा चन्द्रागिरी हिल्सको व्यापार घटेको छ । कम्पनीले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा ६३ करोड ७० लाख रुपैयाँको मात्रै व्यापार गरेको छ ।
आर्थिक सुस्तताका कारण सर्वसाधारणको खर्च गर्ने क्षमतामा कमी आउँदा चन्द्रगिरी हिल्सको व्यापारमा उच्च प्रभाव परेको कम्पनीले जनाएको छ ।
कम्पनीले सन् २०२४ मा १ अर्ब, २०२३ मा ९१ करोड ३० लाख, २०२२ मा ६६ करोड ९० लाख र सन् २०२१ मा २२ करोड २०९ लाख रुपैयाँको व्यापार गरेको थियो ।
कम्पनीले सन् २०२४ मा एक अर्बको व्यापार गर्दा २३ प्रतिशत कारोबार विदेशी पर्यटकबाट भएको जनाएको छ ।
केबलकारसहित एक सय कोठाको सुविधाको बुटिक रिसोर्ट सञ्चालन गर्दै आएको कम्पनीले अन्य विभिन्न एडभेन्चरको पनि सेवा दिँदै आएको छ ।