प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् आजका कार्यसूची

काठमाडौं । सोमबार संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दै छ ।
छैटौँ अबिधेशनको २५औँ बैठक आज दिउँसो २ बजे बोलाईएको छ । भिजिट भिसाको छानबिन गर्ने माग गर्दै बिपक्षी दलले निरन्तर प्रतिनिधिसभाको बैठक अवरोध हुँदै आएको छ ।
आज महासचिव पद्यप्रसाद पाण्डेका अनुसार सम्भावित कार्यसूचिमा सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट प्राप्त कार्याभार सम्बन्धि पत्रहरुमा उल्लेख गरिएका बेहोराहरु सुनाउने रहेको छ ।
यसैगरी माननीय उपप्रधानमन्त्री तथा अर्थ मन्त्री बिष्णुप्रसाद पौडेलले बक्तव्यसहित आर्थिक बर्ष २०८२/०८३ को राजश्व र व्ययको बार्षिक अनुमानमाथि सामान्य छलफल चल्ने सचिवालयले जनाएको छ ।
